जेष्ठ शेयर सदस्यहरुलाई तिर्थातन भ्रमण कार्यक्रम सम्पन्न

जेष्ठ शेयर सदस्यहरुलाई तिर्थातन भ्रमण कार्यक्रम सम्पन्न

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार यस संस्थाको महिला बिकास उप समितिको संयोजनकत्वमा मिति ः २०८० चैत्र १० गते शनिबार संस्थामा आबद्ध रहेका जेष्ठ शेयर सदस्यहरुलाई तिर्थातन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका ६० देखि ७५ बर्ष सम्मका ४०६ जना जेष्ठ शेयर सदस्यहरुलाई पनौती बल्थली स्थीत लड्केश्वर महादेवधाम र खोपासी स्थीत फट्केश्वर महादेवको दर्शन गराईएको थियो । संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति तथा कर्मचारी गरि जम्मा ४५३ जना सो कार्यक्रममा सहभागि थिय । प्राकृतिक सम्पन्नताले भरिपुर्ण क्षेत्रस्थीत रहेको लड्केश्वर महादेवधाम एक प्रशिद्ध धार्मिक स्थल मानिन्छ । हालसालैमात्र उत्त स्थानमा राष्ट्रिय कोटिहोम सम्पन्न गरिएको थियो । संस्थाले बार्षिक रुपमानै जेष्ठ सदस्य तिर्थातन कार्यक्रम सम्पन्न गर्ने गरेको छ ।